बिशेस समाचार

‘असहिष्णुहरूले हाम्रो मौनताबाट शक्ति आर्जन गर्छन्’ : गौरी लकेंश

RECENT NEWS       ,

“समाजिक सञ्जालमा पोस्ट गर्ने कुरामा तिमी होसियार होऊ है । अहिले समय खतरनाक छ ।” मैले गौरी लकेंशलाई अघिल्लो साता भनेको थिएँ । उनले, हामी यति पनि निजी हुन सक्दैनौँ भनेर प्रतिक्रिया जनाएकी थिइन । सामान्यतया हामीले महसुस गर्ने आवेग हाम्रो सबैभन्दा साँचो प्रतिक्रिया हो ।

मङ्गलबारको रात उनलाई गोली ठोकेर निर्ममताका साथ मारियो । तर यो हत्या आवेगमा गरिएको थिएन । यो काम सोच विचारका साथ र होसियारीपूर्वक तयारी गरिएको थियो । यो हत्या महाराष्ट्र र कर्नाटकमा भएको नरेन्द्र दबोल्कर, गोविन्द पनसरे र एमएम कलबुर्गीको हत्याको प्रकृतिको रहेको छ, जुन अपराधलाई गौरी आफैले कडा शब्दमा विरोध गरेकी थिइन् ।

म लेखकको परिवारमा हुर्किएँ । मेरो बुबा र गौरीका बुबा ९पी लकेंश० सहकर्मी र घनिष्ट मित्र थिए । लकेंश अङ्ग्रेजीको लेक्चरर थिए । मेरो बुबा कन्नाडा भाषा पढाउँथे । हामी छिमेकी थियाँै । सानोमा मेरीे आमा कहिले काहीँ लकेंशको घरमा मलाई छाडेर बाहिर जान्थिन् । जब जब मेरो र गौरीसँग कुरा बाझ्थ्यो, गौरी ठट्टा गर्दै भन्थिन्– “बच्चा १ तैले बोल्न जान्नु अघि म तेरो स्याहर गर्ने गर्थें ।”

तर गौरीको सबैभन्दा राम्रो गुण कोही पनि उनीसँग बहस गर्न सक्थ्यो । फरक तर्क गर्न सक्थ्यो र ऊ गलत भएको भन्न सक्थ्यो । हाम्रो बहस जति नै उग्र भए पनि उनी हरेकलाई आफूलाई लागेको भन्ने अधिकारको सम्मान गर्थिन् । यो गुण उनमा उनको बाबुबाट सरेको थियो ।

गौरीले आफ्नो बुबाको आदर्श पछ्याइन् । उनको ट्यावलाइड धर्मनिरपेक्षवाद, दलितअधिकार, गरिब र महिलाको खरो समर्थक थियो । लेख्नमा उनले आफ्नो बुबाको चर्को शैली जीवित राखिन् । दक्षिणपन्थी र जातिवादीहरूका लागि उनको शब्दकोशमा नरम शब्द छँदै थिएनन् ।
गौरीका बुबा चर्का लेखक र चिन्तक थिए । सन् १९८० माउनले श्यामश्वेत ट्याबलोइड पत्रिका ‘लकेंश पत्रिके’ निकाले । यसमा विज्ञापन राखिएन । लकेंशलाई विज्ञापन राखे विज्ञापनदाता धनी कर्पोरेसन र सरकारी अधिकारी र राजनीतिज्ञको चाहनाको अघि प्रकाशकको घुडा टेक्नुपर्छ लाग्थ्यो । उनी पत्रकारितालाई स्वाभिमानको आत्मा मर्ने विश्वास गर्थे । उनले ‘लकेंश पत्रिके’ पूर्णतया पत्रिकाको बिक्रीबाट चलाउने निर्णय गरे ।

त्यो समय भारतीय मिडियाका लागि अलग युग थियो । छापाको माध्यम शक्तिशाली थियो । दुरदर्शन टेलिभिजन र अलइन्डिया रेडियो राज्य नियन्त्रित थिए । यिनले सरकारको सिर्जनाहीन समाचार प्रसारण गथ्र्यो । छापा एक मात्र स्वतन्त्र माध्यम थियो ।

एक आलोचनात्मक चिन्तक र समाजवादी लकेंश लिबरल विचारको पथ पदर्शक बने । उनले देखँे भेटे जति जातिवाद र सम्प्रयदायवादको पर्दाफास गरे । साथै उनले युवाविद्रोही र प्रष्ट वक्ता डी।आर। नागराज र कवि सिद्दलिङइयलाई पहिलो पटक स्थान र साहारा थिए । पछि यी दुई कन्नाडा संस्कृति र राजनीतिक विचारका महत्वपूर्ण आवाज भए । तर उनले आफ्ना सन्तानलाई आफ्नो पेसाका लागि तयार गरेनन् ।

गौरीका दाइ इन्द्रजित र बहिनी कविता केही समय फिल्ममा सक्रिए रहे । गौरीले एक पटक डक्टर पढ्न चाहेको बताएकी थिइन् । त्यो नभएपछि उनी पत्रकारितामा आइन् । उनले आफ्नो करियर अङ्ग्रेजी छापाबाट सुरु गरेकी थिइन् । सुरुवाति दिनमा उनले टाइमस् अफ इन्डिया, सन्डे र इन्डिया टुडेमा काम गरिन् । त्यसपछिको केही समय उनले टि।भी। मा पनि काम गरिन् । २४ जनवरी २००० मा पी। लकेंशले आफ्नो पत्रिकामा अन्तिम स्तम्भ लेखे । अर्को दिन उनी विते । यो अचानक र अकल्पनिय भयो । उनी त गए तर उनले पत्रकारितामा एउटा सम्मानित ब्रान्ड छाडेर गएका थिए । सन्जे वाणी र डिना सुदर सँगै लकेंश पत्रिके पनि प्रकाशन गरिरहेका मणी कहाँ लकेंश सन्तती पुगे र आफ्नो पीताको ट्याब्लोइड बन्द गर्न चाहेको बताए । गौरीलाई पिताले आफूहरूलाई त्यस पत्रिका प्रकाशनका लागि तयारी नगराएको लाग्यो । आफ्ना नजिकका आफन्तलाई गौरी आफूहरू बुबाको सो काम अघि बढाउन योग्य नरहेको बताउँथिन् ।

अघिल्लो हप्ता मैले उनलाई जिस्कँदै उनले समाजिक सञ्जाल र प्रविधि नबुझ्ने बताएको थिए । जवाफमा उनले “प्रविधि बुझेकाहरू चुप छन् । म आफूले जानेको गर्छु । म आफूले सकेको गर्छु । यी असहिष्णु आवाजले हाम्रो मौनताबाट शक्ति आर्जन गर्छन् । तिनले पनि धम्कीको साटो शब्दले बहस गर्न सिकून ।”
मणीले तिनलाई हकारेको भन्ने गरिन्छ । उनले लकेंश सन्ततीलाई ट्याब्लोइडलाई अन्तिम एक अवसर दिनुपर्ने बताए । उनको दाइ इन्द्रजीतले आफ्नो बाबुको नामको सो पत्रिकालाई निरन्तरता दिने निर्णय गरे । गौरीले गौरी लकेंश पत्रिके नामको छुट्टै ट्याब्लाइड सुरु गरिन् । उनले सो पत्रिका प्रकाशन गर्न थाल्दा उनीसँग सोह्र वर्षको पत्रकारिताको अनुभव थियो । मिडियाको विद्युतीय आयामको विकास भइरहेको समय थियो । अधिकांश कन्नडा ट्याब्लोइडहरू टाक्सिँदै गएका थिए । उनले पहिलो दिनबाटै उँधो गतिमा जाने व्यवसायमा हात हालेकी थिइन् ।

गौरीले आफ्नो बुबाको आदर्श पछ्याइन् । उनको ट्यावलाइड धर्मनिरपेक्षवाद, दलितअधिकार, गरिब र महिलाको खरो समर्थक थियो । लेख्नमा उनले आफ्नो बुबाको चर्को शैली जीवित राखिन् । दक्षिणपन्थी र जातिवादीहरूका लागि उनको शब्दकोशमा नरम शब्द छँदै थिएनन् । जब सामाजिक सञ्जाल आम माध्यम भयो, उनी यसमा छपक्कै भिजिन् । उनको ट्विटर ह्यान्डल र फेसबुकको भित्तोले उनको विभिन्न राजनीतिक मुद्दाबारे निडर र उन्मुक्त धारणाको प्रतिविम्बित गर्थो । उनी आफूले मन पराएको व्यक्ति र विचारसँग जोडिएर भावुक हुन पनि लजाउँदिन थिइन् । अघिल्लो वर्ष कन्हैया कुमारको भाषण सुनेपछि उनले कन्हैयालाई बेङ्गलोर आउने निम्तो गरिन् । पछि उनले कन्हैयासँगको फोटो हालिन, जसमा कन्हैयालाई आफ्नो छोराको उल्लेख गरेकी थिइन् ।

गौरी लकेंशलाई विगतमा ट्रोल गरिएको थियो र अनेक नाम दिएर अपमान गरिएको थियो । उनलाई आफ्नो बुबाको सफलताको ब्याज खाइरहेको भनेर गिराउनेहरू पनि केही छन् । उनलाई नक्सल समर्थक, देशद्रोही, हिन्दुविराधी र कैयौँ नाम दिइएको छ । तर यी कुनैले पनि उनलाई छँुदैनथ्यो ।

अघिल्लो हप्ता मैले उनलाई जिस्कँदै उनले समाजिक सञ्जाल र प्रविधि नबुझ्ने बताएको थिए । जवाफमा उनले “प्रविधि बुझेकाहरू चुप छन् । म आफूले जानेको गर्छु । म आफूले सकेको गर्छु । यी असहिष्णु आवाजले हाम्रो मौनताबाट शक्ति आर्जन गर्छन् । तिनले पनि धम्कीको साटो शब्दले बहस गर्न सिकून ।”

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations