बिशेस समाचार

विप्लवका छोरा प्रकाशद्वारा बाढी प्रभावित जिल्लामा स्वास्थ्य शिविर

प्रोफायल       ,

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवका छोरा प्रकाश चन्दको नेतृत्वमा चितवन मेडिकल कलेजका विद्यार्थीहरु बाढी प्रभावित सप्तरीका गाउँमा पुगेर राहत वितरण गरेका छन्।

प्रकाश चन्द नेतृत्वमा गएको १६ जना विद्यार्थीको टोलीले राहत वितरणका साथै पीडितहरुको सामान्य स्वास्थ्य परीक्षणसमेत गरेको थियो ।

हाम्रो चितवन मेडिकल बाट रातभरीको यात्रा अनि बिहानै देखि आजको स्वास्थ्य सिविर र राहत( म्याट, त्रिपाल, लत्ताकपडा र चाउचाउ) वितरण गर्दा मैले हाम्रो मधेश र मधेशमा भित्र भित्र सल्किएको हरेक चिज ( राहत, स्वास्थ्य, शिक्षा, खानेपानी र बिकशित प्रविधि) को अभाव को आगोले धेरै पोल्यो। तर हाम्रो टिम र हाम्रो कोर्डिनेसनले गर्दा निकै जटिलताका बिच आजको स्वास्थ्य सिविर र राहतको कार्यक्रम सान्दार रह्यो, सबै साथीहरूलाई धन्यवाद। प्रकाशले सामाजिक संजाल फेसबुकमा लेखका छन ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations