बिशेस समाचार

गणतन्त्रमा गिद्ध घुमिरहेछन !

कविता       ,

लोकेश बिश्वकर्मा

गणतन्त्र गजेडीहरुको गफमा उन्मुक्त छ
गजुर गासेका बिचौलियाको ब्यपारमा मस्त छ
गोत्रीक गायत्रीले भरतपुर भरपुर जन्म दिइरहदा ।
गोमेदधारी तर गन्धे राजनीतिमा कठ्याङ्रीएको छ मेरो देश
किनकी गिद्ध गुमिरहेको छ गणतान्त्रिक आकाशमा

गाउ बाट गर्जिएकाहरु खाडी खन्दैछ्न
गलघात गर्नेहरु आज गुनगुनाहट गर्दैछन
गयल भएकाहरू गिलासमा अधिकार भर्दैछन
गाउदैछन शुभकामनारुपी गित गणतान्त्रिक छुटमा
किनकी गिद्ध घुमिरहेछन गणतन्त्रको आकाशमा

ग्रीनेट बोकाउनेहरु गुरु फेरेर गुलाम भए
गौरवपुर्ण गोता खेप्नेहरु गाइ पाल्न बिदेशी भए
गाउ गिजोल्ने शासकहरु आसन बदलेर आखा तर्दैछन
गजब छ मेरो गणतन्त्रमा गिर खेल्दैछ्न पुरानै पन्चेहरु
किनकी गिद्ध घुमिरहेछन गणतन्त्रको आकाशमा

गोहीका आसु पिलिक्क झार्दै महान बनेका कमान्डर
गोद्न किन लगायौ,खोज्न किन पठायौ ,मर्न किन मनायौ
गुनासो र गाली छ तिमिलाइ वस्ति बिर्सेर गल्लीमा किन हरायौ
गइन्छ भन्दै माथि सम्म लगिन्छ भन्थेउ लक्ष्य सम्म किन डरायौ
त्यसैले गिद्ध घुमिरहेछ गणतन्त्रको आकाशमा

गोफ्ले गणतन्त्र खोजेकै होइनन् बिचलित बाटो रोजेको होइनन्
गाजिएका छन आक्रोशका गोमनहरु अनि गरेकोछु प्रश्न अरु
गिट्टी कुट्ने जिवन फेरेनौ किन ?
संतान छोडेर संसार हेरेनौ किन ?
आफन्त गुमाउनेलाइ रिंगायौ किन?
उहि गति र मतिमा रमायौ किन ?
सेनाको सम्पत्ति लुकायौ किन?
जनताको मन दुखायौ किन?

हो त्यसकारण
एैंजेरुमा काँक्रो फल्छ र कहाँ?
गफले गणतन्त्र चल्छ कहा
बरु तिम्रो सिनो खोज्ने सत्ता ढल्छ यहा
किनकी नेत्रको नयनले देखेको छ निसाना
त्यसैले गणतन्त्रको आकाशमा अब गिद्धहरु घुम्न मनाही छ ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations