बिशेस समाचार

पैसा बाडेर भोज खुवाउनेले ब्याज असुलेर रुवाउनेछ्न

कविता       ,

लोकेश विश्वकर्मा

टी-सर्ट बाडेर रङ्गीन बनाउने

छाला उतार्दै नाङ्गै बनाउनेछन

पैसा बाडेर भोज खुवाउनेले

ब्याज असुलेर रुवाउनेछ्न

समृद्दीको नारा भट्याउनेले

कमिसनको रकम पट्याउनेछ्न

बृद्धभत्ताको नारा दिनेहरुले

मृतकको नाममाभत्ता लिनेछ्न

मत पाएर पद खानेछन

छाती चिरेर मुटु लानेछ्न

पार्टी दाउमा राख्नेले

मुलुक दक्षिण जाक्नेछ्न

त्रिपाल जस्ता चोर्नेले

भएजती सोहर्ने छ्न

त्यसैले,
गर्ने मर्ने जनहुन, दलाल हाक्छ रथ

विषालु गोमनलाइ दिनैहुन्न मत

दलालको त्यगौ आजै देखि, आफ्नै भर परौ

कोहि आउलान बिन्ती गर्न नाइनास्ती गरौं ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations