बिशेस समाचार

ओबामा विदेश नीतिलाई ट्रम्पको पहिलो झड्का, टीपीपीबाट बाहिर निस्कने आदेशमा हस्ताक्षर

RECENT NEWS       onlinekhabar ,

११ माघ, काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक व्यापार सम्झौता ‘ट्रान्स प्यासिफिक पार्टरशिप’ (टीपीपी) बाट बाहिर हुने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यसो गरेर उनले आफ्नो चुनावी अभियानमा गरेका बाचाहरु मध्ये एक पूरा गरेका छन् ।

यो ब्यापार सम्झौतालाई पूर्व राष्ट्रपति बाराक ओबामाको एसिया नीतिको प्रमुख आधार मानिएको थियो । र, यसमा १२ देशले हस्ताक्षर गरेका थिए । तर, ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा नै टीपीपीलाई एक सम्भावित आपतको संज्ञा दिँदै यसले अमेरिकामा उत्पादन क्षेत्रलाई हानी पुर्‍याएको बताएका थिए ।

ट्रम्पले ठूलो मात्रामा ट्याक्स घटाउने र विनिमय कम गर्ने बाचा गरेका छन् । तर, जुन कम्पनीको कारखाना विदेशमा छ, उनीहरुमाथि धेरै सीमा कर लगाउने बताए । हृवाइट हाउस सम्हाल्न पुगेका ब्यापार जगतका हस्ती ट्रम्पले आयातमा जरिवाना लगाउने चेतावनी दिएका छन् ।

हृवाइट हाउसमा एक बैठकपछि सोमबार राष्ट्रपति ट्रम्पले भनेका छन्, हामी बिनियमलाई ठूलो मात्रामा कम गर्छौ । तर, यो नियम मानिसहरुको बचाउका लागि हो ।

एनले बाचा गरेका छन् कि कर्पोरेट ट्याक्सलाई ३५ प्रतिशतबाट कम गरेर १५ वा २० सम्म गर्न सकिनेछ र विनिमय ७५ प्रतिशतसम्म कम गर्न सकिनेछ । तर, विदेशमा तयार भएका सामानमा भने ट्याक्स लगाउने उनले बताए ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations