बिशेस समाचार

अजय देवगणको नाम लिँदै एक फ्यानले आत्महत्या गर्न खोजेपछि

RECENT NEWS       onlinekhabar ,

 ७ माघ,  कलाकारका फ्यान थरीथरीका हुन्छन् । बलिउड अभिनेता अजय देवगणका एक फ्यानले हालै अनौठो चर्तिकला देखाएका छन् ।

जिल्ला प्रशासनसँग अजयलाई भेट्न पाउँ भन्ने माग राखेका राजस्थानका समसाद नामक एक फ्यानले इनारमा झुण्डिएर आत्महत्या गर्न खोजे । मानिसहरुले बल्लतल्ल उनलाई इनारबाट बाहिर निकाले । तर उनले अजयलाई भेट्न नपाए आत्महत्या गरेरै छाड्ने धम्कि दिइरहे । जिल्ला प्रशासनले उनलाई अजयसँग भेट गराइदिने बाचा गरेको छ ।

यो खबर सुनेपछि अजय पनि आफ्ना डाइ हार्ड फ्यानसँग भेट्न तयार भएका छन् । उनले आफ्नो ट्वीटर ह्यान्डलमा लेखे, ‘म सुटिङका लागि जोधपुर आउँदैछु, आशा छ त्यहीँ तिमीसँग मेरो भेट हुनेछ ।’

अजयलाई आफ्नो फ्यान क्लवमार्फत समसादको विजषयमा थाहा भएको थियो । समाचार अनुसार अजय २० जनवरीमा आफ्ना फ्यानलाई भेट्न राजस्थान जाँदैछन् ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations