बिशेस समाचार

​मेसिन चलाउने जनशक्ति नहुदा मुटु उपचार सेवा प्रभावित

RECENT NEWS       newssewa ,

२१ पुस,काठमाडौँ ।  मुटुको शल्यक्रिया गर्न ‘हार्ट लग्न्स्’ मेसिन चलाउने दक्ष जनशक्ति नहुँदा उपचार सेवा नै प्रभावित बनेको छ । जनशक्ति नभएकै कारण बिरामीलाई भन्ने बित्तिकै सेवा दिन नसकेको मुटु रोग विशेषज्ञ डा प्रेमराज वैद्यले बताएका छन् ।

उनका अनुसार शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा ३ जनाले यो मेसिन चलाउने गरेका छन् । यस्तै वीर अस्पताल र बी एण्ड बी अस्पतालमा एक÷एक जना छन् । जनशक्तिको अभाव भएपछि अहिले यो मेसिन चलाउन अरुलाई पनि तालिम दिने तयारी भइरहेको उउनले जनाए ।

टिचिङ अस्पताल, गंगालाल, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर, बी एण्ड बी र वीर असपतलाले मुटुको शल्यक्रियाको सेवा दिँदै आएका छन् ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations