बिशेस समाचार

सातौँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलको उपाधिका लागि आर्मी र एपिएफ खेल्ने

HOT NEWS       ujyaaloonline ,

सुनसरी, पुस १४

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलको उपाधिका लागि नेपाली सेना र सशस्त्र प्रहरीको एपिएफ खेल्ने भएका छन् ।

टाइब्रेकरमा नेपाल प्रहरीलाई ७–६ ले पराजित गरेपछि सेनाले एपिएफसँगको भेट पक्का गरेको हो । बुधबारको खेलमा एपिएफ र मध्यमाञ्चाललाई २–० ले हराएर फाइनल यात्रा तय गरेको थियो । फाइनल शुक्रबार हुनेछ ।

यस्तै एपिएफ क्रिकेटको पनि फाइनलमा पुगेको छ । बिहीबार भएको पहिलो सेमिफाइनलमा मध्यमाञ्चललाई ८ विकेटले हराउँदै एपिएफ फाइनल पुगेको हो । ६२ रनको लक्ष्य एपिएफले ९ ओभर २ बलमा भेट्टायो ।

मध्यमाञ्चलले १७ ओभर ५ बलमा सबै ६१ रन बनाएको थियो । बिहीबार दिउँसो १ बजेपछि हुने नेपाल प्रहरी र नेपाली सेनाबिचको विजेताले एपिएफसँगको भेट पक्का गर्नेछ । प्रतियोगितामा अहिले ह्याण्डबल, बक्सिङ, जिम्नास्टिक, चेस, कुस्ती र साइकलिङका स्पर्धा पनि भइरहेका छन् ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations