बिशेस समाचार

उपराष्ट्रपति बनेर रकम माग्ने रोशन प्रहरी फन्दामा

HOT NEWS       ratopati ,

१४ पुस काठमाडौ

जबरजस्ती चन्दा असुल गरेको अभियोगमा पक्राउ परेका सिन्धुपाल्चोक राम्चेका कमल भनिने रोशन सुवेदीले आफू उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ भएको भन्दै रकम माग गर्ने गरेको खुल्न आएको छ ।

पासाङको नाम लिएर कसैले लामो समयदेखि उनले विभिन्न सरकारी कार्यालय, सार्वजनिक संस्थान, वित्तीय संस्था तथा गैरसरकारी संघ संस्थाहरुमा फोन गरी जबरजस्ती रकम गर्ने गरेको सूचना प्राप्त भएपछि उपराष्ट्रपति कार्यालयले नै प्रहरीमा उजुरी दिएको थियो ।
उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले उपराष्ट्रपतिको नाम दुरुपयोग गरेर रोशनले गलत काम गरेको सूचना कार्यालयमा आएपछि प्रहरीमा उजुरी दिइएको र सोहि आधारमा उनी पक्राउ परेको बताए ।

उपराष्ट्रपतिकै नाम दुरुपयोग गर्दै जर्वजस्ती रकम असुल्ने रोशनलाई प्रहरीले नियन्त्रणमा लिएकोमा उपराष्ट्रपति पुनले महानगरीय प्रहरी अपराध महाशाखालाई धन्यवाद दिएका छन् ।

सुवेदीले उपराष्ट्रपतिको नक्कली स्वर बनाई कतै ‘मेरो पिए पठाउँछु,’ कतै ‘छोरा पठाउँछु रकम दिनु’ भनी जबरजस्ती रकम असुल्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धानका क्रममा रोशन सुबेदीले झण्डै ६ वर्षअघि उपराष्ट्रपतिको नाम लिएर विभिन्न सरकारी कार्यालय, सार्वजनिक संस्थान, वित्तीय संस्था र गैरसरकारी संस्थाहरुमा फोन गरी रकम असुल गर्ने क्रममा पक्राउ परी कारबाही भोगेको समेत खुलेको छ । प्रहरीले उनलाई सुबेदीलाई कानुन बमोजिम कारबाहीको दायरामा ल्याएको जनाएको छ ।

यसैवीच हालसम्म उपराष्ट्रपतिको सचिवालयका सदस्य तथा पारिवारिक सदस्यहरुले कोही कसैसँग रकम माग नगरेको स्पष्ट पार्दै भ्रममा नपर्न अनुरोछ गरेको छ ।

आगामी दिनमा कसैले उपराष्ट्रपतिको स्वकीय सचिवालयका सदस्य वा पारिवारिक सदस्यको नाम लिएर कोही कसैसँग रकम माग गरेमा उपराष्ट्रपतिको स्वकीय सचिवालय वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन समेत कार्यालयले अनुरोध गरेको छ ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations