बिशेस समाचार

नेता बन्ने बितिकै रिवन काट्न पुगिन् रेखा

HOT NEWS       ratopati ,

पुस ३ काठमाडौं

पछिल्लो समय कलाकारहरु रेस्टुरेन्ट ब्यवसायमा निकै देखिन थालेका छन् । यस्तैमा ‘अन्दाज’, ‘हमेशा’, ‘लोफर’, ‘लुटेरा’ र ‘ड्रिम्स’लगायतका चलचित्रमा अभिनय गरेका कलाकार अमित श्रेष्ठले राजधानीको बागबजारस्थित सिटी म्याक्स हल परिसरमा मेट्रो लन्ज बार सञ्चालनमा ल्याएका छन् ।

मेट्रोको हालै राप्रपामा प्रवेश गरेकी अभिनेत्री थापाले रिवन काट्दै उद्घाटन गरिन् । अमितले जीवन लामा र ज्ञानेन्द्र खड्कासँग सहकार्यमा मेट्रो खोलेका हुन् ।
कार्यक्रममा चलचित्र निर्माता तथा वितरक गोपाल कायस्थ, नायिका रिमा विश्वकर्मा, उत्तम केसी, निर्देशक दीपक खाँडलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अभिनेत्री रेखा थापाले अमित आफ्नो परिवारको सदस्य जस्तै भएकाले उनले सञ्चालन गरेको बारले उन्नति गर्नेमा आशा व्यक्त गरिन् ।
रेखाले पोखरामा हुन लागेको राप्रपाको कार्यक्रमलाई रद्द गरेर अमितको बार उद्घाटन गर्न आएको बताईन् ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations