बिशेस समाचार

​भारतले नेपालमा भारु उपलब्ध नगराउने

HOT NEWS       ,

३० मंसिर,काठमाडौँ ।

भारतीय रिजर्भ बैंकले तत्कालका लागि थप भारतीय रुपैँया दिन नसकिने भनेको छ । बुधबार अर्थमन्त्री कृष्ण बहादुर महाराको नेपाल राष्ट्र बैंकको अवलोकनमा राष्ट्र बंैकका गर्भनर चिरिञ्जिवी नेपालले अवगत गराएका थिए । अर्थमन्त्री महराले नेपाल राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकारका रुपमा कार्य गर्ने भएकाले यसका अगाडि चुनौति र सम्भावना दुवै रहेको वताए ।

उपप्रधान तथा अर्थमन्त्री महराले मंगलबार नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, वालुवाटारको स्थलगत अवलोकन गरेका हुन् । २०७२ साल बैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त भएका भौतिक संरचना तथा बैंकको वर्तमान अवस्था बारे अर्थमन्त्री महराले जानकारी लिए ।

अवलोकनका क्रममा राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जिवि नेपालले अर्थमन्त्री महरा समक्ष जनशक्ति संरचना, विभागीय संरचना, वासलात, नाफा नोक्सानको स्थिति, विदेशी मुद्राको लगानी स्थिति, भौतिक पूर्वाधारको अवस्था, वर्तमान आर्थिक स्थिति र बैंकको हालका चुनौतिहरु प्रस्तुत गरेका थिए ।  स्थलगत अवलोकन पछि अर्थमन्त्री महराले बैंकको भत्किएका भौतिक संरचनाहरुलाई पुनः निर्माण गर्न निर्देशन दिएका थिए ।

अर्थमन्त्री महरालाले सेवालाई आधुनिकिकरण र बैंकले बैंकिङ सेवालाई लक्षित वर्गसम्म पुर्याउन सरकार जुनसुकै सहयोग गर्न तयार रहेको वताएका थिए । सो अवसरमा नेपाल राष्ट्र बैंकको संचालक समितिमा सदस्य समेत रहेका अर्थ सचिब डा.शान्तराज सुवेदीले नेपाल सरकार र नेपाल राष्ट्र बैंकबीच आफूले पुलको भूमिका निर्वाह गरिरहेको वताएका थिए ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations