बिशेस समाचार

नयाँ पार्टी घोषणा गर्दै विप्लवले भने– नेपालमा बन्दुक उठ्न सक्छ नेपालमा बन्दुक उठ्न सक्छ - विप्लव

HOT NEWS       ,

काठमाडौं, ७ भदौ । झण्डै दुई बर्षअघि आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ ले पाँच घटकलाई आफ्नो पार्टीमा बिलय गराएका छन् ।
विप्लवले हेमन्तप्रकाश ओलीको कम्युनिष्ट न्युक्लियस नेपाल लगायत विभिन्न साना पाँच बाम घटकसंग राष्ट्रिय नाचघर जमलबाट एकता घोषणा गरेका हुन् । एकतापछि नयाँ पार्टीको नाम नेकपा(माओवादी) राखिएको छ । तत्कालिन मशालले २०५१ सालमा ‘जनयुद्ध’ थाल्नुपूर्व आफ्नो पार्टीको नाम परिवर्तन गरि नेकपा(माओवादी) राखेको थियो । पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै पार्टी महासचिव विप्लवले यस्तै अवस्था रहँदा निकट भविष्यमा नेपालमा आफ्नो नेतृत्वमा बन्दुक उठ्न सक्ने चेतावनी दिएका छन् ।

‘हामी शान्ति, सम्बृद्धि र एकताको पक्षमा छौं’, उनले भने,‘तर यसरी किसान, मजदुर र युवाहरुको समस्या समाधान विना नेपालमा शान्ति सम्भव छैन ।’ उनले जित्ने सपना देखेर आफुले नयाँ पार्टी र क्रान्तिको अभियान शुरु गरेको स्मरण गर्दै मंगलबारको एकतालाई पहिलो महत्वपूर्ण सफलता भएको टिप्पणी गरेका छन् । कार्यकर्ता र समर्थकले भरिएको राष्ट्रिय नाचघरमा नयाँ पार्टीको घोषणा कार्यक्रममा  विप्लवले नेपालमा ‘सत्यको बजार’ कमजोर रहेको उल्लेख गर्दै आफुहरु सँधै सत्यको खोजीमा लागिरहेको बताए ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations