बिशेस समाचार

राष्ट्रिय आविष्कार केन्द्रका लागी घरदैलो अभियानमा जुटे महावीर पुन

देश       ,

फलेवास, पर्वत, ५ भदौ । राष्ट्रिय आविष्कार केन्द्र बनाउनका लागि घरदैलो अभियान सुरु भएको छ ।

पटक पटक सरकारसँग आग्रह गर्दा पनि आविष्कार केन्द्रका लागि आवश्यक सहयोग नपाएपछि म्यागासेसे पुरस्कार विजेता महावीर पुनले घरदैलो अभियान सुरु गरेका हुन ।

अबको युग विज्ञान र प्रविधिको युग भएकाले विज्ञान र प्रविधिको विकासबिना मुलुक अघि बढ्न सक्दैन । सरकारले जतिसुकै आर्थिक क्रान्तिका कुरा गरे पनि विज्ञान र प्रविधिको विकास नभएसम्म मुलुकले फड्को मार्न नसक्ने भन्दै आविष्कार केन्द्र खोल्नका लागि घरदैलो अभियान सुरु गरिएको शनिबार पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा पुनले जानकारी दिए।

विगत चार वर्षदेखि राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि तयारी भए पनि सरकारले बेवास्ता गरेपछि जनस्तरबाटै आविष्कार केन्द्र सञ्चालन गर्न आवश्यक सहयोग माग्दै आफू घरदैलो अभियानमा हिँडेको कुरा उनले उल्लेख गरे। उनले मुलुकभित्रै थुप्रै सम्भावना र स्रोतहरु रहेको तर आवश्यक खोज र अनुसन्धान हुन नसक्दा ती स्रोतहरुको समुचित प्रयोग हुन नसकेको भन्दै आविष्कार केन्द्र तत्काल सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
आविष्कार केन्द्रका लागि तत्काल रु ४० देखि ५० करोड आवश्यक पर्ने भएको छ । उक्त रकम र बैंकहरुबाट ऋण लिएर १० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने र सोही आयोजनाबाट भएको आम्दानीले आविष्कार केन्द्र सञ्चालन गर्ने योजना रहेको छ ।

एउटै विषयमा खोज र अनुसन्धान गर्न करोडौँ रुपैयाँ आवश्यक पर्ने भएकाले त्यस्ता प्रतिभा र अनुसन्धानकर्तालाई सहयोग गर्न सकिने भएको छ । विभिन्न मुलुकमा नेपाली वैज्ञानिकले खोज अनुसन्धान गरेर ती मुलुकलाई आर्थिक क्रान्तिमा अघि बढाएको अवस्थामा सरकारले यस्तो कार्यमा लगानी गर्न नसकेको उनले बताए ।
उनले आवश्यक सहयोग गरेर उक्त अभियानमा साथ दिन पनि सबैलाई आग्रह गरेका छन ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations